अभिनेत्री कृति भट्टराईले गरिन् दोस्रो बिहे



११ असार २०७६, काठमाडौं

नेपाली अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छिन् । ‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका फिल्ममा अभिनय गरेकी कृतिले रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् । उनले ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ जस्ता टेलिसिरियलमा समेत अभिनय गरिकी छिन् । लामो समयदेखि प्रेममा रहेका रोहित र कृतिले बुधबार दरबारमार्गस्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।

रोहित पेशाले इन्जिनियर हुन् । सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग डिभोर्स भएपछि कृति लामो समय एक्लो जीवन विताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्