
१० असार २०७६, काठमाडौँ
पछिलो समय सामाजिक संजालमार्फत सरकारपबरुद्ध कडा रुपमा आफ्नो आवाज उठाउदै आएका कार्की पक्राउ परे पछि नायिका रेखा थापाले चर्को आक्रोस व्यक्त गरेकी छिन् ।
यसअघि विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउदा पनि चर्को आलोचना गरेकी रेखाले कार्की पक्राउ परेपछि आक्रोस व्यक्त गरेकी हुन् ।
कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो भन्दै उनले प्रश्न गरेकी छिन् ।
नरबहादुर कार्की सोमबार बालुवाटारको एउटा रेष्टुरेण्टमा संचार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा प्रकाउ परेका हुन् ।
सामाजिक अभियन्ताको रुपमा समेत चर्चित रहेका कार्की सन् २०२६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक समेत हुन् ।
प्रकाउ कार्की यतिबेला महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।





