चपलि हाईट को तेश्रो सिरिज रिलिज हुदैँ



०९ असार २०७६, काठमाडौँ

चपलि हाईट को तेश्रो सिरिज बन्ने कुरा पक्का भएको कुरा निर्माता अर्जुन कुमारले जानकारी दिएका छन् ।

चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन् । सिनेमाका लागि अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठसँग कुरा भैरहेको निर्माता अर्जुन कुमारले बताए ।

खड्का र अर्जुन कुमारले यसअघि फाटेको जुत्ता २ निर्माण गर्ने घोषणा गरेका थिए । तर अब त्यो भन्दा पहिले चपली हाईट ३ निर्माण हुने भएको छ ।

सिनेमामा थप २ नयाँ नायिका अनुबन्धित गर्ने तयारी भैरहेको निर्माता अर्जुनले जानकारी दिएका छन् ।

सिनेमा चपली हाइट ३ मा प्रतिक श्रेष्ठ, आमिर गौतम लगाायका कलाकारको पनि मुख्य भूमिका रहनेछ । त्यस्तै अभिनेत्री प्रियंका कार्की यस सिनेमामा अतिथी भुमिकामा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्