आँचल र पुष्पले किन अस्वीकार गरे फिल्मको अफर



०९ असार २०७६, काठमाडौँ

पुष्प र आँचलको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर उनिहरुले खेलेको ‘दाल भात तरकारी’ ले भने आशा गरे जति सफलता प्राप्त गर्न सकेन ।

शनिबार राजदानीका तीन सिंगल थिएटरमा प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘दाल भात तरकारी’ बाट अभिनेता पुष्प र आँचललाई हर्ष न विस्मात जस्तै भएको छ ।

‘दाल भात तरकारी’ हलमा प्रदर्शन भइरहँदा पुष्प र आँचललाई एउटा फिल्मको अफर आएको थियो । तर उनिहरु त्यो फिल्मलाई अस्विकार गरे ।

त्यस फिल्मका लागि पुष्पले ३० लाख पारिश्रमिक मागेका थिए । तर पछि दुवैलाई फिल्मको कथा राम्रो नलागेको भएर छोडेको बताए ।

उनिहरुले राम्रो टिम र स्क्रिप्टबाट अफर आयो भने पुन सहकार्य गर्ने कुरा बताएका छन् । पुष्प र आँचलले ‘दाल भात तरकारी’ बाट आफुलाई त्यति धेरै फाइदा नभएको बताउछन् ।  । आँचलले फिल्मबाट मिलेको राम्रो नराम्रो दुबै प्रतिक्रियालाई आत्मसात् गर्ने कुरा बताइन् ।

प्रतिक्रिया दिनुहोस्