आयुषमानको पोल्टोमा फ्लप चलचित्रको थुप्रो



१० असार २०७६, काठमाडौँ

‘चपली हाइट २’ बाट डेब्यु गरेका अभिनेता आयुषमान देशराज जोशीलाई चलचित्र क्षेत्र फापेको छैन ।

अहिले सम्म ४ वटा फिल्म रिलिज भैसकेका छन् । तर आयुषमानको सफलता भने शुन्य छ ।

‘चपली हाइट २’ पनि आशा गरे जति सफल हुन सकेन । त्यस पछिको उनको दोस्रो चलचित्र कथा काठमाडौँबाट पनि उनी निरास हुनुपर्यो ।

उनका ४ चलचित्र रिलिज भए पनि कुन आए गए भन्ने पत्तै भएन । आयुषमान सँगसँगै चलचित्र क्षेत्रले पनि आश बोकेको ‘चंगाचेट’ पनि उनले त्यति धेरै सफलता पाउन सकेनन् ।

चौथो पटक पनि आयुषमानले प्रमिका प्रिंयका कार्कीसँग खेलेको ‘प्रेम दिवस’ चलचित्र हलमा हप्ता दिन पनि टिक्न सकेन ।

यस फिल्ममा आयुषमानले पागलप्रमिको भूमिका निर्वाह गरेका छन् । उनको यो फिल्म हलमा हिट हुन नसके पनि उनको कामलाई भने दर्शकले तारिफ गरेका छन् ।

आयुषमानको फेरी अर्को पाँचौ चलचित्र ‘सानो मन’ असार २० गते रिलिज हुँदैछ ।

टेलर र गीतलाई भने युट्युवमा दर्शकले निकै मन पराएका छन् । तर उनको यो पाँचौ चलचित्र ‘सानो मन’ ले कतिको चर्चा पाउछ भन्ने कुरा भने र्हेन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्