
०८ असार २०७६, काठमाडौँ
‘जात्रै जात्रा’ यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ । चलचित्रले छैटौ हप्तासम्म आइपुग्दा झण्डै ९ करोड जतिको व्यापार गरेको निर्माण टिमले जनाएको छ ।
यो चलचित्रमा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रसवन्द्र झा लगातका कलाकारको मुख्य भूमिका रहेको छ ।
पछिल्लो समयको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको ‘जात्रै जात्रा’ मा प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।
‘जात्रै जात्रा’ ले नेपालभरका हलकबाट मात्र ९ करोडको कलेक्सन गरेको हो ।





