को होला त पुजाको बेहुला सौगात कि आकाश ?



०७ असार २०७६, काठमाडौँ

आउँदो कात्तिक ८ गते दिपावलीका दिन ‘पोइ पर्यो काले’ फिल्म रिलिज हुँदैछ । यस चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । तर को कस्को जोडी भन्ने कुरा थाहा पाउनको लागि चलचित्रकै प्रतिक्षा गर्नु पर्नेछ ।

लगभग पोइ पर्यो काले फिल्मको छायांकन पुरा भईसकेको छ । एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट फिल्म प्याक अप भएको जानकारी निर्देशक शिशिर राणाले दिएका छन् ।

फिल्मको छायांकन सकिए लगतै निर्माण टिमले चलचित्र प्रति दर्शकको कौतुहलता बढाउन केही तस्बिर बाहिर ल्याएको छ ।

सार्वजनिक तस्बिरमा पुजालाई बेहुलीको पहिरनमा र आकाश  र सौगातलाई बेहुलाको पहिरनमा देखाइएको छ ।

पोइ पर्यो काले मा सौगात र पुजा श्रीमान श्रीमतीको भूमिकामा रहेको भन्ने चर्चा छ । तर निर्देशक राणाले चलचित्र हेरे पछि मात्र यो कुरा थाहा पाउन सकिने बताउछन् ।

चलचित्रको कथा निर्देशक राणा स्वयमले लेखेका हुन् । यस चलचित्रमा राजाराम पौडेल, बिन्दा खतिवडा, सोहित मानन्धर, सुरक्षा पन्त लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्