
०७ असार २०७६, काठमाडौँ
लोकप्रिय नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘रोज’ युट्युवमा रिलिज भएको छ ।
दर्शकहरुले निकै रुचाएका प्रदिपको यो फिल्म भने हलमा हिट हुन सकेन । तर दर्शकहरुले प्रदिप खड्का र मिरुना मगरको अभिनयलाई भने मन पराएका थिए ।
यस फिल्ममा प्रदिपसंगै परमिता राणा, मिरुना मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
एक पछि एक हिट फिल्म दिइरहेका प्रदिपको करियरका लागि यो फिल्म असफल बन्न पुगेको छ ।
प्रदिप जोडिएकै कारण चर्चामा रहेको यस फिल्मको ‘फूल हैन’ बोलको गीतलाई भने दर्शकले खुबै मन पराएका थिए ।





