रेखा थापा भन्छिन्, ‘देशको व्यवस्था बदलिए पनि चरित्र उस्तै’



०७ असार २०७६, काठमाडौँ

चर्चित नायिका रेखा थापाले आज विहान आफ्नो फेसबुक पेज मार्फत बदलिएको व्यवस्था नबदलिएको चरित्र र अवस्था भन्दै असन्तुष्टि जनाएकी छिन् ।

“बदलिएको व्यवस्था नबदलिएको चरित्र र अवस्था खै कहाँ छन् ! नेपाल बनाउने मस्तिस्क ? को बसेको छ मेरो देश भनेर ? यहाँ राजनीति र प्रशासन सबै तिर आफ्नो स्थान ओगटेर सुरक्षित हुनुको सिन्डिकेट छ !!” भन्दै उनले यस्तो लेखेर पोष्ट गरेकी छिन् ।

उनले नेपाल बनाउने सोच भएको दुरदृष्टि बोकेका व्यक्तिको आवश्यकता औंल्याउदै, व्यवस्था बदलिए पनि सोच नबदलिएका राजनीतिज्ञ, प्रशासकलाई पनि ब्यङग्य गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्