
०७ असार २०७६, काठमाडौँ
पछिल्लो समय निकै चर्चामा आएका गायक प्रकाश सपूत यतिबेला तनाबमा छन् ।
दर्शक श्रोताका मनमा बस्न सफल गायक सपूतलाई बोल माया पछि गलबन्दीले निकै चर्चामा ल्याएको छ । तर यसका साथै उनलाई गलबन्दी गीत चोरीको आरोप पनि लगाईएको छ ।
शम्भु राईको धेरै पुरानो देउसी गीत आँउ नाचौँ सँग मिलेको भनेर धेरैले दाबी पनि गरेका छन् ।
स्वयम् शम्भु राईले पनि आफ्नो गीतसँग मिलेको दाबी गदैँ उक्त गीतमा आफ्नो नाम राख्नुपर्ने माग गर्दा प्रकाश सपुतले सामाजिक संजालमा आफुले गीत नचोरेको बताएका छन् ।
यस भन्दा अगाडी उनले उक्त गीत एक पटक पनि नसुनेको कुरा दाबी गर्दै सपुतले उक्त आरोपबाट आफूले आफैलाई अपराधी महशुस गरेको बताएका छन् ।





