
०७ असार २०७६, काठमाडौँ
गलबन्दी हिट भएको केही समय बित्न नपाउदै अन्जलीले खेलेको अर्को गीत भाइरल भएको छ ।छोटो समयमा नै अन्जलीले धेरै दर्शकको माया पाएकी छिन् ।
बोल माया गीत पछि चर्चामा आएकी अन्जलीले पछिल्लो समय धेरै दर्शक कमाएकी छिन् । गलबन्दी गीत हिट भएपछि उनी झन धेरै चर्चामा छिन् ।
रामकुमार कार्की युट्युव च्यानलबाट रिलिज गरिएको ‘कोईली चरी’ बोलको गीत बिहीबार रिलिज भएको छ । यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोराको मुख्य भुमिका रहेको छ ।
यो गीत रामकुमार कार्कीले गायका हुन् भने उनलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् ।
भिडियोमा निकै मेहेनत गरेको र डान्सिङ विटमा आधारित भएकोले दर्शकले रुचाउनेमा रामकुमार आशावादी छन् । सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।





