
०६ असार २०७६, काठमाडौँ
चलचित्र क्षेत्रमा छोटो समयमा नै निकै चर्चा कमाउन सफल जाडीको रुपमा चिनिन्छ पल र आँचल शर्माको जोडी ।
उनिहरुले दर्शकको मनमा राम्रो छाप पार्न सफल भएका छन् । तर उनिहरु आफ्नो काममा व्यस्त रहेका कारण पछिल्लो समय दर्शकहरुले उनिहरुलाई एकै साथ देख्न पाइरहेका छैनन् ।
पल आज भोलि प्राय म्युजिक भिडियोमा बढी देखिन थालेका छन् । पल हिजो आज आँचलसँग भन्दा पनि ‘वीर विक्रम २’ को पर्दामा देखिएकी वर्षा शिवाकोटीसँग धेरै देखिनछन् ।
एक साथ नाम जोडिएर आउने पल र आँचल पछिल्लो समयमा भने छुटाछुटै रुपमा देखिन थालेका छन् ।
मिडियामा सधै नाम जोडिएर आउन थालेपछि पल र अआचलले छुटिएर काम गर्न थालेको भन्ने हल्ला पनि छ ।





