नायिका प्रियंका र आयुष्मानको जोडी हलमा फ्लप



०३ असार २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको प्रेम सम्बन्धको  चर्चासँगै यी दुई सधै मिडियामा छाउने गरेका छन् । यी दुईको मुख्य भूमिका रहेको चलचित्र प्रेमदिवस शुक्रबारदेखि रिलिज भएको थियो । तर चलचित्रले शुक्रबार र शनिबार नै राम्रो दर्शक पाउन सकेन ।

नायक आयुष्मान देशशराज र नायिका प्रियंका कार्कीको जोडीलाई युट्युबमा दर्शकहरुले राम्रै रुचाएका छन् ।

यी दुईको म्युजिक भिडियोले युट्युबमा पनि राम्रै भ्युज पाएको छ । नायिका कार्कीको फेसबुक र इन्ष्टाग्राममा सर्वाधिक फ्यानहरु देख्दा लाग्छ, उनको स्टारडम निकै राम्रो छ । तर हलमा उनीहरुलाई पैसा तिरेर हेर्ने दर्शकको संख्या भने निकै कम छ ।

यो भन्दा अगाडिको चलचित्र कथा काठमाण्डु मा नायिका प्रियंका कार्कीले देखाएको बेडसिनको दृश्यले चर्चा पाएको थियो । चलचित्रमा नायिका कार्की सँगै आयुष्मान देशराज जोशी पनि थिए तर पनि चलचित्र त्यति राम्रोसँग चलेको थिएन ।

प्रतिक्रिया दिनुहोस्