बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी भन्छिन्, ‘नेपाली चलचित्रमा काम गर्न पाउँदा गर्व लागेको छ’



०३ असार २०७६, काठमाडौँ

बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीले डान्स गरेको नेपाली गीत केहीदिन अघि सार्वजनिक भएको थियो । जसलाई दर्शकले निकै नै रुचाए । यस्तै सन्नीले उक्त गीत सेयर गर्दै नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा आफूलाई गर्व महशुस भएको पनि बताइन् ।

सन्नी नेपाललाई निकै माया गर्ने बलिउड अभिनेत्री हुन् । उनी बेला बेलामा नेपाल आइरहेकी हुन्छिन् । सन्नीले चलचित्र पासवर्ड मा काम गर्न पनि छिट्टै राजी भएकी थिइन् । उनले नेपाली चलचित्र खेल्न पाउनु आफ्नो लागि निकै खुसीको कुरा भएको बताइन् । सन्नी अभिनीत चलचित्र पासवर्ड को अहिले धमाधम प्रमोशन भैरहेको छ । सन्नीको कुराले उनी फेरि पनि नेपाली चलचित्रमा देखिने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्