
३२ जेठ २०७६, काठमाडौं
१० बर्षदेखि मिडियामा सार्वजनिक नभएकी सर्वाधिक लोकप्रिय लोक गायिका विष्णु माझी अन्तत मिडियामा सार्वजनिक हुने भएकी छिन् ।
सामाजिक संजाल तथा संचार माध्यममा धेरै नै आलोचना र अनावश्यक हल्ला फैलिन थालेपछि लोक गायिका माझी र उनका श्रीमान सुन्दरमणी अधिकारीले चाडैँ मिडियामा आउने संकेत गरेको निकट स्रोतले जनाएको छ ।
निरन्तर प्रहरी, सुभचिन्तक र फ्यानहरुले चासो दिन थालेपछि उनिहरु मिडियामा आउने सोच बनाएको बुझिएको छ ।





