
०२ असार २०७६, काठमाडौँ
रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको ‘लभ यु हमेशा’ चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।
भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौँमा सुटिङ भएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिनमा खिचिदैँछ ।
यो फिल्म आउँदो भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित भएको छ ।
निर्देशक भास्करको कथा, शिव ढकालको छायांकन,भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
प्रदर्शन मिति सँगै निमार्ण टिमले सोमबार पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका कलाकार यशराज गरच, ऋचा थापा र फिजा योजनालाई हाइलाइट गरिएको छ । त्यसका साथै पोस्टरमा यशराजको रोमान्टिक अवतारलाई पनि देखाईएको छ ।
धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङ को प्रस्तुती र मिलन गुरुङसह निर्माता रहेको फिल्ममा शिशिर राणा, गोपाल ढकाल, प्रमिला राई, सल्देन तामान्ङको पनि अभिनय रहेको छ ।





