
०२ असार २०७६, काठमाडौं
धमाधम नेपाली चलचित्रका अभिनेत्रीहरुले बिवाह गरिरहँदा नायिका पूजा शर्मालाई पनि दुलही बनी घरजम गर्ने रहर जागेको छ । केही समयअघि पूजाले आफू बिहे गरेपछि सिनेमा क्षेत्रबाट टाढा रहने समेत बताईसकेकी छिन् ।

नायिका शर्माले नेपाली चलचित्र ‘पोई पर्याे काले’को सेटबाट मंगलसुत्र सहितको फोटो आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । उक्त फोटोलाई आधार मानी पूजाका निकटहरु उनलाई विहे गरी घरजम गर्न मन लागेको बताउँछन् ।
पछिल्लो समय नायक आकाश श्रेष्ठसँग नायिका शर्माको नाम जोडिदै आएपनि उनले आफूहरु मिल्ने साथीहरु मात्र रहेको बताउँदै आएकी छिन् । चलचित्र रामकहानी मा एकसाथ काम गरे यता यो जोडीलाई दर्शकले अत्यन्त रुचाएका छन् ।





