
०२ असार २०७६, काठमाडौँ
असार २० गते प्रदर्शन हुने मिति तय गरेको सानो मन चलचित्रको ट्रेलर रिलिज भएको छ ।
सूयोग गुरुङको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रमा प्रमको कुरा राखिएको छ ।
निर्देशकले बताए अनुसार माया, प्रम रुचाउने दर्शकका लागि सानो मन विशेष हुने दाबी छ ।
चलचित्रलाई काठमाण्डौँ, भैरहवा थाइल्याण्ड लगाएतका स्थानमा खिचिएको छ । चलचित्रलाई म्युजिकल लभ स्टोरी पनि भनिएको छ ।
यो चलचित्रले मुख्य पात्र आयुष्मान देशराज जोशी र शिल्पा मास्केको माया, प्रममा आउने उतारचढापलाई प्रस्तुत गरेको छ भने यसमा विशाल पहरी, शिशिर वाङ्देल, गौरी मल्ल, रश्मी भट्ट लगाएतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।
ट्रेलरमा प्रेम, बिछोड र त्यसपछी बदलिएको जीवनीलाई प्रस्तुत गरिएको छ । यस ट्रेलरमा भने आयुष्मान र शिल्पालाई मात्र बढी प्रस्तुत गरीएको छ ।





