जनप्रतिनिधिलाई नै छोइछिटो



०२ असार २०७६,काठमाडौं

प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनार योजना अनुगमन मुद्दामामिला मिलाउन गाउँगाउँ पुग्छिन् । त्यस्तो बेला घरबाहिरै बस्न परेका घटना धेरै छन् ।

छुवाछुत प्रथाका कारण गाउँपालिकाबाट सँगै गएको टोलीसित साथै बसेर खाने छुट उनले पाउँदिनन् । बास बस्न परे घरभित्र पस्न सहज नहुने उनको भनाई छ ।

कानुनमा जस्तो व्यवस्था भए पनि चेतनालाई कारण ठानेर कतिपय अवस्थामा घरबाहिरै खाएर फर्किने गरेको उनले बताइन् । आफैँलाई भोट दिएर जिताएका जनतासित जातभातको विषयमा कुरा गरेर किन समाज विभाजित तुल्याउनु भनेर न्याय खोज्नेतर्फ नलागेको उनले तर्क गरिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्