
०१ असार २०७६, काठमाडौँ
युट्युबमा सार्वजनिक भएसँगै नाई नभन्नु ल ५ चलचित्रलाई दर्शकले अत्याधिक मन पराएका छन् । यो चलचित्र अहिले नेपालको युट्युब ट्रेन्डिङको दोस्रो स्थानका पर्न सफल भएको छ ।
चलचित्रको कथावस्तुले मन छोएको प्रतिक्रिया दर्शकले दिएका छन् ।
यो चलचित्रमा सेड्रिना शर्मा, स्वस्तिमा खड्का, अनुभव रेग्मी, प्रियंंका कार्की, अभिषेक नेपाल, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
गतबर्ष हिट भएको चलचित्र नाई नभन्नु ल ५ रिलिज भएको करिब ९ महिनापछि युट्युबमा आएको हो ।
अधिकांश दर्शकले चलचित्र हेरेर रोएको प्रतिक्रिया दिएका छन् । बाल कलाकार सेड्रिना शर्माको कामलाई दर्शकले अझै धेरै रुचाएका छन् । हलमा हिट भएको चलचित्रलाई दर्शकहरुले युट्युबमा पनि रुचाएका छन् ।
युट्युबमा यो चलचित्रले सार्वजनिक भएको ८ दिनमै ७ लाखभन्दा बढी दर्शक पाएको छ ।
यो चलचित्रलाई युट्युबमा पर्खिएका दर्शकहरु निकै नै खुसी छन् । तर कतिपयले भने बालबालिकालाई प्रेम गर्न सिकाएको भनेर आलोचना पनि गरेका छन् ।





