
३१ जेठ २०७६, काठमाडौं
लोक गायिका अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ लोक गीतको भिडियो सार्वजनिक भएको छ ।
अञ्जु गौतमसँगै चर्चित लोक गायक कमलीकान्त भेटुवालको स्वरमा सजिएको गीतमा शब्द/संगीत राजकुमार बगरको रहेको छ ।

अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा कलम सिंह र ज्योती खड्काको अभिनय रहेको छ । छोटो समयमा नै डेढ सय भन्दा बढी गीतमा स्वर दिईसकेकी गायिका गौतमको पछिल्लो गीत ‘काउली फुल्ने बन्दा बेरीनी’ भाईरल बन्दै गइरहेको छ ।
गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् ।
सार्वजनिक गीतको भिडियो :





