जेलबाट छुटे युट्युबर प्रनेश गौतम



३१ जेठ २०७६, काठमाडौँ

युट्युबर प्रनेश गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको छ ।

प्रहरीको अपराध महाशाखाले गौतमलाई फिल्म विर विक्रम २ का निर्देशक मिलन चाम्सको उजुरी पछि प्रहरीले निज लाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

अपराध महाशाखा प्रमुख थापाले फिल्म विर विक्रम २ का निर्देशकको उजुरी पछि प्रकाउ परेका प्रनेश गौतमलाई रिहा गरी हाजिरी जमानीमा छाडेको कुरा जानकारी दिए ।

प्रनेश हाजिरी जमानीमा छुटे पनि अझै प्रहरीमा तारीख धाउनु पर्नेछ ।

गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा फिल्म विर विक्रम २ को समिक्षा बिगारेमको आरोपमा चाम्सले उजुरी दिए पछि प्रहरीले उनलाई हिरासतमा राखेको हो ।

विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्