नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन आग्रह



३१ जेठ २०७६, काठमाडौं

प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।

भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटमा दुबै नेताले नेपाल फ्रान्सबीचको ७० वर्ष लामो मित्रतापूर्ण सम्बन्धको चर्चा गर्दै यसलाई अझ बलियो बनाउनु पर्ने विषयमा जोड दिएका थिए ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गरेका थिए ।

भेटमा फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपले नेपालले संयुक्त राष्ट्र संघ लगायत अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा खेलेको भूमिको सराहना गर्नु भएको थियो । यो समाचार आजको गोरखपत्र दैनिकमा नरेश फुयालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्