प्लास्टिकबाट इन्धनः प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणमा समस्या



३० जेठ २०७६, काठमाडौं

सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि आयात गरेको हो ।

ठूलो परिणाममा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत जडान गर्न सकिने भए पनि गुणस्तर मापनका लागि प्रयोगशाला नुहँदा प्रविधि प्रयोगमा आउन सकेको छैन ।

प्रविधि आयात र परीक्षण गरिए पनि लगानी गर्ने निकाय उत्साहित नहुँदा प्रविधिको प्रयोग भएको छैन । नास्टले जापान, चीन र अमेरिकाबाट एक–एकवटा मेसिन ल्याएर अनुसन्धान गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्