रिलायन्स पब्लिकमा साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न



२९ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित रिलायन्स पब्लिक स्कूलमा समुदाय प्रहरी साझेदारी अन्तर्गत साईबर अपराध सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

बसन्तलाल लामिछानेको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि बूनपा नगर प्रमुख उद्धव प्रसाद खरेल, विशेष अतिथि बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, महानगरिय प्रहरी प्रभाग कपनका प्रमुख मिन बहादुर कुँवर, महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख राजकुमार राई, अतिथिहरुमा समाजसेवी मिठाराम अधिकारी, महानगरी प्रहरी प्रभाग कपनका प्रहरी नायव निरीक्षक अर्जुन गिरी, प्रहरी सहायक निरीक्षक प्रमानन्द भट्ट, महिला संजाल १० का अध्यक्ष बिन्दा गौतम, रिता बुढाथोकी लगायत स्कूलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खरेलले समाजमा घटेका घटना सम्बन्धी विद्यार्थीहरुले जान्न आवस्यक रहेको बताए । विद्यार्थीहरुलाई संपुर्ण राम्रा कुराहरु सिक्न आवश्यक रहेको बताउँदै नराम्रा तथा गलत कुराहरुमा सबैले ध्यान पुर्याएर त्यस्ता काम नगर्न आग्रह गरे ।

नगर प्रमुख खरेल भन्छन्, जो कोहिलाई समस्या पर्दा सबैले सहयोग गर्न आवस्यक छ ।

खरेलले पढाईलाई निरन्तरता दिंदै सबै विद्यार्थीहरुलाई सामाजिक काममा समेत आवद्ध हुन आवस्यक रहेकोमा जोड दिए ।

बूनपा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले विश्वमा अहिले साईवर क्राईम सम्बन्धी अपराध बढ्दो रहेको जानकारी दिंदै सामाजिक संजाल प्रयोग सचेत हुँन आवश्यक रहेको बताए ।

विशेष अतिथि प्रहरी प्रभाग कपनका प्रमुख कुँवरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम बूनपाका विभिन्न विद्यालयहरुसँग सहकार्य गरेर अगाडी बढाएको बताउँदै रिलायन्स पब्लिक स्कूलमा १०३ औं नं मा परेको जानकारी दिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध, साईवर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम जारी रहेको जानकारी विशेष अतिथि कुँवरले दिएका थिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको साईवर क्राईम सम्बन्धी जानकारी महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख राजकुमार राईले दिएका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक रोहित कुमार कटुवालले राखेका थिए भने संचालन कोअर्डिनेटर शुष्मा तामाङले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्