
२९ जेठ २०७६, ईटहरी
ईटहरीको छोरा नेपालको सान प्रितम नेपाल फर्की सकेका छन् । ६ महिना लामो मुम्बईको बसाईपछि उनी नेपाल फर्केका हुन् । सारेगमप लिटिल च्याम्प्समा सहभागी हुने मुम्बई पुगेका उनी फाईनलमा सेकेण्ड रनरअप हुँदै २७ गते सोमबार आफ्नो गृहनगर ईटहरी आईपुगेका हुन् ।
नेपालमा उनलाई भब्य स्वागत गरिएको थियो । सार्बजनिक अन्तरबार्तामा प्रितमले मज्जाले खुलेरै कुराकानी गरेका छन् ।
उनले अन्तरबार्तामा आफ्नो प्रतिष्पर्धी साथीको पनि नक्कल अर्थात क्यारिकेचर गरेका छन् भने बिजेता लाई हिन्दी भाषामै शुभकामना दिदैं भारतमा रहेका आफ्नो सुभचिन्तकहरुलाई समेत धन्यवाद दिएका छन् । उनको गायन कलाको त चर्चा परिचर्चा छदंै थियो उता उनको प्रस्तुती शैलीले पनि सबैलाई एकबद्ध पारेर बाधेको थियो ।
आफ्नो गृहनगर आएका प्रितमलाई ईटहरी उपमहानगरपालिकाले ‘बाल सद्भावना दुत’को घोषणा पनि गरेको छ । साथै प्रितमलाई नगद पुरस्कार सहित सम्मान पनि केहि दिनभित्रै गर्ने उपमेयर लक्ष्मी गौतमले जानकारी गराएकी छिन ।





