लोकसेवा रोकेर ‘तोकसेवा’



२९ जेठ २०७६, काठमाडौं

लोकसेवा आयोगले स्थानीय तहमा ९ हजार एक सय ६१ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेपछि संसद्को राज्य व्यवस्था समितिले गत शुक्रबार (२४ गते) सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई छलफलका लागि बोलायो । समिति सभापति शशि श्रेष्ठले अघिल्लै दिन (२३ गते) मन्त्री पण्डितसँग लोकसेवा विज्ञापनबारे छलफल गर्नुपर्ने प्रस्ताव गरिन् ।

मन्त्री पण्डितले २५ गतेपछि आफूलाई फुर्सद हुने र त्यसपछि मात्र समिति बैठक बस्ने सभापति श्रेष्ठसँग आग्रह गरे ।

सभापति श्रेष्ठले भोलिपल्टै समिति बेठक बोलाइन् । मन्त्री पण्डित अनुपस्थित भएको भन्दै सत्तासीन नेकपाकै सांसदले मन्त्रीको उछित्तो काढे ।

समितिमा सत्तासीन नेकपाभित्रै दुई धार देखियो । पूर्वमाओवादी सम्बद्ध सांसदले लोकसेवाको विज्ञापन रोक्नुपर्ने अडान राखे भने पूर्वएमाले विज्ञापनप्रति नरम देखिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्