अमेरिका भासिएका नेपाली कलाकारहरु



२८ जेठ २०७६, काठमाडौँ

कुनै समय रजतपटमा राम्रै छवी बनाएका धेरै नेपाली कलाकार अहिले अमेरिका भासिएका छन्। अमेरिकामा कोही व्यापार, व्यवसायमा संलग्न छन् त कोही छिटपुट कलाकारितामा पनि देखिने गरेका छन् । नेपालमा हुँदा सार्वजनिक जीवन बाँचेका उनिहरु अमेरिकामा दैनिक काममा ब्यस्त छन् । अधिकांश कलाकार अमेरिका भासिनुको कारण आर्थिक समस्या नै भएको बुझिन्छ ।

नेपालमा कलाकारिता क्षेत्रमा स्थापित हुन धेरै दुख कष्ट गरे पनि सुरक्षित भबिष्य नदेखेका प्रायः उनिहरुको काम गरेपछि हप्ता दिनमै तलब आउँने अमेरिका रोज्नु बाध्यता रहेको छ । आज हामी अमेरिका भासिएका नेपाली सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दैछौ ।

कृष्टि मैनाली
एक जमाना जमेर नेपाली कलाकारिता क्षेत्रमा काम गरेकी कृष्टि अहिले परिवारको साथमा न्यूयोर्कमा बस्दै आएकी छन्। न्यूयोर्क धेरै हिसाबले सम्पर्क बढी हुने क्षेत्र भएपनि उनी गुमनाम जस्तै छिन् ।

पूजा चन्द
कुनै समय नेपाली रजतपटमा धेरै चलेकी नायिका पूजा चन्दा पनि यति बेला परिवारको साथमा मेरिल्यान्डको बाल्टिमोरमा व्यवासाय सञ्चालन गरेर बसेकी छन्।

जल शाह
मोटी तर नशालु नायिका भनेर चिनिने जल शाह अमेरिकाको युटामा बस्छिन् । कुनै समय नेपाली फिल्म क्षेत्रमा एक छत्र राज गरेकी उनी अहिले आफ्नो घर सम्हालेर बसेकी छन् ।

दिलिप रायमाझी
कुनै समयका स्थापित नायक दिलिप रायमाझी श्रीमतीलाई डिभी परेर अमेरिका भित्रिएका हुन्। उनी यहाँ रहेर पनि कला क्षेत्रमा जीवित रहने कोसिस निरन्तर गरिरहेका छन्। उनी आधा समय अमेरिका र आधा समय नेपाल बस्छन्। अमेरिका भित्रिए पनि फिल्म उद्योगमा उनले निरन्तर काम गरिरहेका छन् ।

जीवन लुइँटेल
दजनौं चलचित्रका नायक जीवन लुइँटेल पनि यतिबेला अमेरिकामा नै रमाईरहेका छन् ।

राजबल्लभ कोइराला
नायक राजबल्लभ कोइराला करिव ६ वर्षदेखि अमेरिकामा छन्। पाँच वर्षदेखि यहाँको स्थानीय बैंकमा काम गर्दै आएका कोइराला परिवारको साथमा मेरिल्यान्ड राज्यमा बसोबास गर्छन्।

सज्जा मैनाली
कलाकार परिवारमै जन्मे हुर्केकी सज्जा मैनाली हाल पेनसलभेनियामा बसोबास गर्छिन्। उनको अब फिल्म क्षेत्रमा पुनरागमन हुने सम्भावना देखिदैन ।

अरुणिमा लम्साल
कुनै समय नेपाली रजतपटमा राम्रो चलेकी नायिका अरुणिमा लम्साल पनि यति बेला अमेरिका भासिएकी छन्।

ऋचा घिमिरे
अर्की नायिका ऋचा घिमिरे अमेरिकाको बाल्टिमोरमा बस्छिन्। बाल्टिमोरमा नृत्य कक्षा समेत सञ्चालन गरेकी ऋचा फिल्म क्षेत्रमा अब फर्किन्नन् भन्ने गरिन्छ।

विक्रान्त बस्नेत
एक दर्जन बढी चलचित्रमा काम गरिसकेका नायक विक्रान्त बस्नेत पनि अमेरिकामै छन्।

अनुपमा प्रसाई
अनुपमा प्रसाई भर्जिनिया सहरमा परिवारको साथमा बस्छिन् ।

सुमन सिंह
एक समयमा राम्रै रुचाईएका नायक सुमन सिंह पनि अमेरिकामा छन्। उनी अमेरिकामा कलाकारिताबाट टाढै छन् ।

प्रतिक्रिया दिनुहोस्