म ठूली भएपछि ‘मिस नेपाल’ मा भाग लिन चाहन्छु : सेड्रिना शर्मा



२८ जेठ २०७६, काठमाडौँ

चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली रजतपटमा भित्रिएकी बाल कलाकार सेड्रिना शर्मा करिब ४ महिना अघि आफ्नो अध्ययन पुरा गर्नको लागि भारत गएकी थिइन् । अहिले आफ्नो छुट्टीमा सेड्रिना नेपाल आएकी थिइन् ।

सेड्रिना नेपाल आएदेखि जताततै उनकै मात्र चर्चा भैरहेको छ । उनी निरन्तर अन्तवार्ता दिनमा व्यस्त पनि छिन् । सेड्रिनालाई पहिलो चलचित्रबाट नै दर्शकले अत्याधिक मन पराएका थिए । त्यसैले पनि उनको बारेमा सबै जानकार रहन चाहन्छन् ।

सेड्रिनाले आफू भविष्यमा मिस नेपालमा भाग लिने बताएकी छिन् । उनको यो कुराले दर्शकलाई निकै उत्साहित बनाएको छ । सेड्रिना निकै राम्री पनि छिन् र ट्यालेन्ट पनि । त्यसैले उनले मेहेनत गरेको खण्डमा भविष्यमा उनी मिस नेपाल बन्न सक्ने अनुमान धेरैले लगाएका छन् । उनले आफू फिल्मी यात्रालाई पनि निरन्तरता दिइरहने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्