
२८ जेठ २०७६, काठमाडौँ
संसारभरका मुस्लिम समुदायले केहि दिन अघिमात्र आफ्नो प्रसिद्ध चाड इद मनाएका छन् । भारतमा मुस्लिम समुदायले दोस्रो ठूलो संख्या ओगटेको छ भने यस समुदायको प्रभाव हसेक क्षेत्रमा राम्रै रहेको छ । राजनीति, संगीत र फिल्म क्षेत्रमा पनि मुस्लिम समुदायले राम्रो प्रभाव पार्छ ।
बलिउड फिल्म नगरीमा सबैभन्दा धेरै व्यस्त कलाकार मुस्लिम समुदायकै छन् । यहाँ सम्म कि, अहिलेका उत्कृष्ट १० भित्र अधिकांश मुस्लिम समुदायकै कलाकार पर्दछन् । आज हामी मुस्लिम समुदायका प्रभावशाली बलिउड सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दैछौ ।
सलमान खान
बलिउडका सुल्तान सलमान खान मुस्लिम धर्म फलो गर्दछन् । पछिल्लो समय प्रोड्युसर तथा टेलिभिजन पर्शनालिटीको रुपमा चिनिने उनलाई साथी र दर्शकहरु प्रेमले ‘सल्लु भाइ’, ‘भाइजान’ पनि भनेर बोलाउँछन् ।
शाहरुख खान
शाहरुख पनि मुस्लिम समुदाय कै हुन् । अभिनयसँगै फिल्म निर्माणमा सक्रिय उनलाई बलिउडमा ‘किङ्ग खान मानिन्छ । उनी संसारमै सर्वाधिक धनी अभिनेतामध्ये पर्छन् । उनलाई अमेरिकी टाइम म्यागजिनले विश्वकै महान मुभी स्टारको रुपमा समेत चिनाइसकेको छ ।
आमिर खान
बलिउडका ‘भर्सटायल’ अभिनेता आमिर खान पनि मुस्लिम समुदाय कै हुन्। पछिल्लो समय उनी हरेक वर्ष एउटामात्र तर प्रभावशाली फिल्म बनाउँछन् । ‘गजनी’, ‘थ्रि इडियट’, ‘तारे जमिन पर’ जस्ता फिल्मबाट त उनले संसारमै लोकप्रियता कमाए ।
आलिया भट
अहिलेकी चल्तीकी ब्यस्त अभिनेत्री आलिया भट पनि मुस्लिम समुदाय कै हुन् । बलिउडमा स्थापित महेश भट र सोनीकी छोरी आलिया पछिल्लो समय वलिउडमा निकै मन पराइएकी अभिनेत्री हुन् ।
सैफ अली खान
भारतमा लामो इतिहास बोकेको राजसंस्थाको प्रतिनिधित्व गर्ने पारिवारिक पृष्टभुमी भएका सैफ अली खान पनि मुस्लिम समुदाय कै हुन् । उनलाई अझै पनि नवाब भन्ने गरिन्छ । धनाढ्य परिवारका उनी अभिनयमा प्रभावशाली नभए पनि लामो समयदेखि स्थापित अभिनेता हुन् ।
इरफान खान
अभिनयमा विशेष व्यक्तित्व बनाएका कलाकार इरफान खान पनि मुस्लिम समुदाय कै हुन् । नाटकको क्षेत्रबाट संघर्ष गर्दै बलिउडमा स्थापित भएका उनी सरल व्यक्तित्व तर आफ्नो अभिनय कौशलमा अब्बल मानिन्छन् ।
नसिरुद्धिन साह
बलिउडका अभिनेता र निर्देशक मात्रै नभएर एक प्राज्ञिक व्यक्तिको रुपमै चिनिने नसिरुद्धिन साह पनि मुस्लिम समुदाय कै हुन् ।
मधुवाला
मधुवालाको वास्तविक नाम मुम्ताज बेगम हो । बलिउडमा स्थापित हुनकै लागि आफ्नो नाम परिवर्तन गरेकी उनी फिल्म निलकमल बाट बलिउड भित्रिएकी अभिनेत्री हुन् । उनी पनि मुस्लिम समुदाय कै हुन् ।
तबु
तबुको पनि वास्तविक नाम तबसुम फतिमा हस्मी हो । ‘बोल्ड एन्ड ब्युटी’ अभिनेत्रीको रुपमा चिनिने उनको अभिनयमा विशेष कौशल रहेको टिप्पणी हुन्छ । पुरानो पुस्ताकी अभिनेत्री उनी पनि मुस्लिम समुदाय कै हुन् ।
जोय अख्तर
प्रसिद्ध लेखक तथा राजनीतिक अभियन्ता जावेद अख्तरकी छोरी जोय अख्तरले हालै बलिउडमा राम्रो चर्चा पाएको फिल्म ‘गल्ली बोय’ निर्माण गरेर राम्रो ख्याती कमाएकी छिन् । निर्देशक तथा स्कृप्ट राइटरको रुपमा राम्रो छवि बनाएकी उनी आफैँ कुनै धर्म पछ्याउँदिनन् तर उनी मुस्लिम परिवार र समुदायबाट आएकी हुन् ।
नवाजुद्धिन सिद्धिकी
नवाजुद्धिन पछिल्लो दशकमा बलिउडका प्रभावशाली अभिनेता मानिन्छन् । नाटकबाटै संघर्ष गरेर फिल्ममा स्थापित भएका उनी पनि मुस्लिम समुदाय कै हुन् ।





