
२८ जेठ २०७६, काठमाडौँ
मेघा घिमिरे उपचारका लागि अमेरिका जाने भएकी छिन् ।
दुर्घटनामा परी दुवै हात गुमाएकी मेघालाई नारायण रिना मेमोरियल फाउण्डेशनले उपचारका लागि अमेरिका लैजाने भएको छ ।
संयुक्त राज्य अमेरीकामा स्थापना भएको फाउण्डेशनले यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने भएको हो ।
पत्रकार सम्मेलन फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेलाई अमेरीका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पुरा भइसकेको कुरा उनले बताए ।
फाउण्डेशनका अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग गरेका थिए ।
यस फाउण्डेशनले बाजुराको विद्यालय र वृद्धाआश्रमलाई पनि सहयोग गर्न लागेको उनले जानकारी दिए ।





