नेपाली कांग्रेसले गर्‍यो ‘गाडी स्टार्ट’



२७ जेठ २०७६, काठमाडौं

संसदको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको पहिलो चरणले गाडी स्टार्ट गरेको निष्कर्ष निकालेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पहिलो चरणको अभियानले गाडी स्टार्ड भएको छ । दोस्रो चरणको अभियानले गाडी हाइवेमा आउने र तेस्रो चरणको अभियानले गाडी कुद्ने छ ।’

पहिलो चरणको एकमहिने कार्यक्रम जिल्ला केन्द्रित थियो । महाधिवेशनबाट पारित प्रस्तावहरुका साथै पार्टीको संशोधित विधान र पार्टीको आगामी कार्य्दिशाबारे आम कार्यकर्तालाई जागरुक बनाउने उद्देश्यले अभियानको आयोजना गरिएको थियो ।

प्रवक्ता शर्माले पहिलो चरणको जागरण अभियान सफल भएको भन्दै देशव्यापी रुपमा आम कार्यकर्तालाई उर्जा प्रदान गरेको बताएका छन् । वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालित पहिलो चरणको अभियानको बारेमा भोलि मंगलबार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने कार्यक्रम छ । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाइले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्