एकातिर बन्दै, अर्कोतिर भत्किँदै



२७ जेठ २०७६, काठमाडौं

निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ । सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ । नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ ।’

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन ।, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो । तर, त्यसो गरिएन । यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ ।’

सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतो र गोविन्द महतोले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्