रुपालाई रातिराति केटाहरुको नचाहिदो फोन आएपछि कृष्ण ओली भए भावुक



२६ जेठ २०७६, काठमाडौँ

कृष्ण ओली र रुपा ओली एकपटक फेरि चिन्तित छन् । तर यसपटक कृष्णको कारण नभई रुपा र कृष्ण रुपालाई रातिराति आउने नचाहिने फोनका कारण चिन्तित छन् । रुपा सामाजिक सञ्जालमा सक्रिय छिन् ।

उनलाई फेसबुक लगायतका सामाजिक सञ्जालका माध्यममा अनावश्यक फोनहरु आउने गरेका छन् । जसका कारण दुवै चिन्तित छन् । हुन त रुपा राम्री छिन् । राम्री केटीलाई जसले पनि मन पराउँछन् । तर अनावश्यक रुपमा कसैलाई डिस्टर्भ गर्नु भनेको पक्कै पनि राम्रो कुरा भने होइन ।

त्यतिमात्र नभएर रुपालाई केही फटाहा व्यक्तिहरुले असभ्य शब्दहरुको प्रयोग गरेर म्यासेज पनि पठाएका रहेछन् । फोन गर्दा रुपाले उठाउँदा बोल्ने र कृष्णले उठाउँदा काट्ने केही व्यक्तिले गरेका रहेछन् । कृष्ण यो कुरालाई लिएर केही भावुक भएका छन् र उनले त्यस्तो नराम्रो काम नगरिदिन पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्