आँचललाई छोडेर बर्षासँग रोमान्स गर्दै पल



२६ जेठ २०७६, काठमाडौँ

नेपाली चलचित्र जगतमा पल शाह र आँचल शर्माको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका छन् । अधिकांशले पल र आँचललाई  रियल जोडी भन्ने गरेका छन् । तर रियलमा पल र आँचल एकअर्काका मिल्ने साथी मात्र हुन् ।

यस्तै चलचित्र विर विक्रम २ मा पलले बर्षा सिवाकोटीसँग काम गरेपछि सबैले पल र बर्षाको जोडी पनि निकै सुहाएको बताएका छन् । पल र बर्षाले विर विक्रम २ पछि फेरि एक म्यूजिक भिडियोमा एकसाथ काम गरेका छन् ।

सुदम थापाको शब्द र संगीत रहेको पिरतीको जाल बोलको गीतमा अमिल बराल र सिन्धु मैनालीको आवाज रहेको छ । गीतमा बर्षा र पल फिचर्ड छन् । निकै रमाइलो शैलीको गीतलाई शिव वि.कले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्