ठूला करदाताले अझै तिरेनन् कर, २१ करोडभन्दा बढी बक्यौता



२६ जेठ २०७६, काठमाडौ
ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् ।

महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था छन् ।

पुल्चोकस्थित महानगरपालिका कार्यालयनजिकै रहेको लबिम मलले करिब पाँच करोड कर तिर्न बाँकी छ । लबिम मल पाटन संयुक्त क्याम्पसको जग्गा भाडामा लिएर मल सञ्चालनमा आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा शान्ति तामाङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्