नेपाल आइन् बलिउडकी चर्चित गायिका नेहा कक्कर, एयरपोर्टमा गरियो भव्य स्वागत



२५ जेठ २०७६, काठमाडौँ

अन्ततः बलिउडकी चर्चित गायिका नेपाल आइसकेकी छिन् । उनी हिजोराति मात्र नेपाल आइपुगेकी हुन् । नेहाको स्वागतको लागि हजारौँको संख्यामा दर्शक उपस्थित भएका थिए । उनलाई एयरपोर्टमा निकै भव्यताका साथ स्वागत गरिएको छ ।

नेहा पहिलो पटक प्रस्तुतीका लागि नेपाल आएकी हुन् । उनले काठमाडौँका विभिन्न ठाउँमा प्रस्तुती दिनेछिन् । नेहा पनि आफ्नो प्रस्तुतीको लागि निकै नै उत्साहित देखिएकी छिन् । नेहासँगै इन्डियन आइडल बाट चर्चामा आएका केही कलाकार नेपाल आएका छन् । उनीहरुले पनि नेहासँगै प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्