‘चलचित्रबाट फुर्सद भएपछि पुस्तक लेख्ने सोच छ’ : प्रदिप खड्का



२५ जेठ २०७६, काठमाडौँ

प्रदिप खड्का युुवापुस्तामा लोकप्रिय नायक हुन् । उनको चकलेटी फेस र अभिनयको सबैले सर्वत्र प्रशंसा गर्ने गरेका छन् । यतिबेला भने प्रदिप चलचित्र प्रेमगीत ३ को काममा व्यस्त छन् । यो चलचित्रका लागि उनले अफर आइरहेका अन्य चलचित्रलाई समेत त्यागेका छन् । चलचित्र प्रेमगीत नै प्रदिपकोक करियरको टर्निङ पोइन्ट हो ।

त्यसैले यो चलचित्रका हरेक सिरिज उनको लागि विशेष छन् । त्यसैले प्रदिपले अहिले आफ्नो पुरा ध्यान यहि चलचित्रमा लगाएका छन् । यस्तै प्रदिपले चलचित्र बाट फुर्सद भएपछि आफ्नो जीवनलाई समेटेर पुस्तक लेख्न सक्ने बताएका छन् । हुन त उनले आफूलाई अहिले त्यसबारे सोच नबनाएको बताएका छन् । तर पनि समय मिलेको खण्डमा पुस्तक लेख्न रहर भने लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्