‘मृत्युलाई जितें, अब जनतामाझ फर्कने मन छ’



२५ जेठ २०७६, काठमाडौ
‘न पार्टीबाट आस छ, न सरकारबाट । ठूलो कुरा मृत्युलाई जितें । अब गाउँ फर्किने इच्छा छ तर खुट्टा राम्रोसँग टेकिएका छैनन्,’ शुक्रबार बिहान तीनकुनेस्थित कोठामा हातका औंला भाँच्दै पूर्वसांसद ७१ वर्षीय नारायणबहादुर कार्कीले भने, ‘बिरानो यो काठमाडौं आएको १८ महिना ११ दिन पुगेछ ।’

लामो समय उनले यही अँध्यारो कोठामा बिताए । बाहिर निस्कन सकेका छैनन् । उनलाई कतिखेर गाउँ पुगुँजस्तो भएको छ । भन्छन्, ‘सहरमा कोही आफन्त भएनन् । पीडामा साथ र सहानुभूति दिने कोही निस्किएनन् । घटना भएका बेला सम्झिने धेरै थिए । अहिले सबै पराइ भए ।’

०७४ मंसिर १३ गते । यो दिन उनी सम्झन चाहँदैनन् । ०७० सालमा उदयपुर क्षेत्र २ मा कांग्रेसबाट निर्वा्चित उनले ०७४ मंसिरको चुनावमा पनि टिकट पाए । चुनावी प्रचार क्रममा उदयपुरगढी गाउँपालिकास्थित दनुवारबेसीतर्फ जाँदै गर्दा उनीसहित ९ जना सवार गाडी नेत्रविक्रम चन्द समूहले राखेको विद्युतीय धरापमा पर्‍यो । उनी र विद्यार्थी नेतृ मीरा कटुवाल गम्भीर घाइते भए । अरू सामान्य घाइते भए । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्