पेट्रोलियम खानी अन्वेषण प्राविधिक कारणले ढिलाइ



२५ जेठ २०७६, काठमाडौ
सम्भावित पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाल आउने भनिएका चिनियाँ टोली प्राविधिक कारणले मात्र ढिलाइ हुन पुगेको खानी तथा भू–गर्भ विभागले स्पष्ट पारेको छ ।

यसअघि मे महिनामै अन्वेषणको काम थाल्ने तयारी भएकोमा चीनबाट विज्ञसहितको ठूलो टोली आउने भएकाले समय केही पर धकेलिएको विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए ।

चीनबाट पहिलेभन्दा अलि ठूलै विज्ञ टोली आउने कुरा जानकारीमा आएको छ, उनले भने, ‘त्यसैले समय केही थोरै पर सरेको मात्र हो । ठूलो टोली आउँदा तयारी पनि धेरै लाग्ने र त्यहाँ अनुमति लिनुपर्ने प्रक्रियाले केही ढिला हुन पुगेको उनले बताए । यो समाचार आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्