ए.आर र अशोक गर्लफ्रेण्डलाई बाइकमा घुमाउँदै, टंकले सकेनन् सम्हाल्न



२४ जेठ २०७६, काठमाडौँ

टंक बुढाथोकी पछिल्लो समयका निकै चर्चित र लोकप्रिय संगीतकार तथा गायक हुन् । उनले थुप्रै हिट गीतहरु गाइसकेका छन् । टंकसँगै अशोक र ए.आरको पनि जताततै चर्चा हुन थालेको छ । जहाँ टंक बुढाथोकी पुग्छन् त्यहाँ अशोक र ए.आर पनि साथै पुगेका हुन्छन् । भर्खरै मात्र टंकको नयाँ गीत रिलिज भएको छ ।

भिम विष्टको शब्द र संगीत रहेको सिम्पल डिम्पल बोलको गीतमा टंक बुढाथोकी र कविता सिवाकोटीको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा अशोक, ए.आर, दिक्षा, टिकटक क्वीन एभेलिना खड्का, अलिशा शर्मा र सुनिल क्षेत्री फिचर्ड छन् । उक्त गीतलाई सुनिल क्षेत्रीले नै कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्