बहराइनमा ‘बोल माया’ की अञ्जलीलाई लाग्यो गर्मी, समुन्द्री किनारमा हट अवतारमा देखिइन् (फोटो सहित)



२४ जेठ २०७६, काठमाडौँ

बोल माया र गलबन्दी हिट भएपछि अञ्जली अधिकारीको चर्चा थप चुलिएको छ । उनी मोडलिङ क्षेत्रमा त पहिले नै आएकी थिइन् तर उनको करियरको टर्निङ पोइन्ट भनेर चाहिँ बोल माया लाई भन्दा खासै फरक नपर्ला । किनकी उनलाई अधिकांश दर्शकले यहि गीतबाट चिनेका हुन् । अहिले पनि हरेक ठाउँमा उनलाई दर्शकले बोल माया की अञ्जली भनेर नै चिन्ने गरेका छन् ।

बोल माया र गलबन्दी हिट भएपछि सबैभन्दा बढी फाइदा उनलाई नै भएको छ । उनको फ्यान फलोइङ त यसै पनि बढेको छ । त्यसबाहेक उनको देश तथा विदेशका कार्यक्रममा पनि निकै डिमाण्ड बढिरहेको छ । यस्तै यतिबेला भने अञ्जली कार्यक्रमकै लागि बहराइन पुगेकी छिन् ।

बहराइनमा रहेको नेपाली संस्थाले आयोजना गरेको कार्यक्रममा अञ्जलीसँगै चर्चित गायिका अञ्जु पन्त र लोकगायक प्रकाश खप्तरी पनि बहराइन पुगेका छन् । बहराइन पुगेसँगै अञ्जलीले आफ्ना हट तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले अहिले निकै चर्चा पाइरहेको छ । तस्बिर उनी समुन्द्री किनारमा रमाइरहेको पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्