अर्को बर्षको इदमा रिलिज हुने सलमान र आलियाको ‘इन्सा अल्ला’



२४ जेठ २०७६, काठमाडौँ

सलमान खानको चलचित्र भारत ले बम्पर ओपनिङ गरेको छ । चलचित्र भारत ले पहिलो दिन ४२ करोडको व्यापार गर्न सफल भएको छ । सलमानले यो चलचित्र मार्फत आफ्नै रेकर्ड तोडेका छन् । यो चलचित्र भन्दा पहिले सलमानको प्रेम रतन धन पायो बम्पर ओपनिङ गर्ने चलचित्र थियो ।

त्यतिमात्र नभएर चलचित्र भारत लाई समिक्षकले निकै राम्रो भनेका छन् भने दर्शकले पनि निकै रुचाएका छन् । भारत बाट दर्शक र समिक्षकको राम्रो प्रतिक्रिया पाएपछि यतिबेला सलमान पनि निकै उत्साहित देखिएका छन् । साथ–साथै उनको नयाँ चलचित्र रिलिजको पनि घोषणा भएको छ । यतिबेला सलमान दबंग ३ मा व्यस्त छन् । दबंग ३ पछि उनी इन्सा अल्ला मा व्यस्त हुनेछन् ।

इन्सा अल्ला मा उनको जोडी चर्चित नायिका आलिया भट्टसँग जोडिएको छ । इन्सा अल्ला अर्को बर्षको इदमा रिलिज हुने भएको छ । भारत रिलिज भएसँगै इन्सा अल्ला को रिलिज डेटको घोषणा गरिएको हो । सलमानले आफ्ना अधिकांश चलचित्र इदमा रिलिज गर्ने गरेका छन् । अर्को बर्षको इदका लागि पनि उनले चलचित्र बुक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्