पहिलो पटक ‘गलबन्दी’ गीतमा यो जोडीले गरे यस्तो राम्रो डान्स, सबैले गरे निकै तारिफ



२४ जेठ २०७६, काठमाडौँ

यतिबेला गलबन्दी बोलको गीतले जताततै चर्चा पाइरहेको छ । प्रकाश सपूत र शान्ति श्री परियारको आवाज रहेको गीतलाई दर्शकले निकै नै रुचाएका छन् । सामाजिक सञ्जालमा दर्शकले यो गीतलाई निकै सेयर पनि गरिरहेका छन् । त्यसैले यो गीत अहिले पनि युट्युबको ट्रेन्डिङ १ मा नै रहन सफल छ ।

यस्तै अहिले यहि गीतमा एक जोडीले गरेको डान्सले निकै नै चर्चा पाइरहेको छ । गुल्मीमा भएको एक सांस्कृतिक कार्यक्रममा त्यहाँकै स्थानीय वासिन्दाले यो गीतमा निकै राम्रो नाचेका छन् । अहिले उनीहरुको डान्स सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । उनीहरुले नसिकिकन उक्त गीतमा नाचेका थिए । तर पनि सबैले उनीहरुको डान्सलाई रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्