‘म हिरोइन भएपछि अनमोल केसीसँग फिल्म खेल्न चाहन्छु’ : सेड्रिना शर्मा



२४ जेठ २०७६, काठमाडौँ

सेड्रिना शर्मा चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली चलचित्र जगतमा भित्रिएकी बाल कलाकार सेड्रिना शर्माले पहिलो चलचित्रबाट नै दर्शकको अत्याधिक माया पाउन सफल भइन् । उनको सुन्दर अनुहार र नरम बोलीले दर्शकलाई तान्ने गरेको छ । यस्तै सेड्रिनाले केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

करिब ४ महिना पहिले पढाईका लागि भारत गएकी सेड्रिना ४ महिनापछि आफ्नो छुट्टीमा नेपाल आएकी छिन् । उनको छुट्टी धेरै समयको लागि भने छैन । उनी १ हप्ता भित्र नै भारत फर्किनेछिन् । यस्तै नेपाल आउने वित्तिकै दर्शकमा सेड्रिनाले अब फेरि केही काम गर्छिन् भन्ने आश जागेको छ ।

यस्तै सेड्रिनाले सुरु सुरुमा आफूलाई अर्कामा देशमा गएर बस्न निकै गाह्रो भएको बताइन् । उनले घरको याद धेरै आएर सुरु सुरुमा आफू निकै रुने गरेको पनि बताइन् । सेड्रिनाले आफ्नो पहिलो चलचित्र नै चर्चित बाल कलाकार अनुभव रेग्मीसँग गरेकी थिइन् ।

त्यसैले उनको नाम अनुभवसँग जोडिएर आउने गरेको छ । तर उनले अनुभव आफ्नो भाई भएको बताउँदै आएकी छिन् । त्यस्तै उनले नेपाल आइडल बाट चर्चामा आएका कृशल कडेलसँग पनि काम गरेकाले उनको नाम कृशलसँग पनि जोडिन्छ । उनले कृशल आफ्नो दाई भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्