नेहा पढ्ने स्कूल बाहिर समोसा बच्थे उनका पिता, विगत सम्झदाँ रुन्छ नेहाको मन



२३ जेठ २०७६, काठमाडौँ

नेहा कक्करको आज जन्मदिन रहेको छ । उनको जन्मदिनमा उनका धेरै रहस्यहरु खुलिरहेका छन् । नेहा अहिलेकी हटकेक गायिका हुन् । तर उनी पनि यो क्षेत्रमा निकै मेहेनत गरेर आएकी हुन् ।

हेर्दा उनको लाइफ निकै रमाइलो र हाई लेबलको देखिन्छ । तर यो क्षेत्रमा यत्तिको नाम कमाउनको लागि उनको र उनको परिवारको निकै ठूलो योगदान रहेको छ । नेहा जुन स्कूलमा पढथिन् त्यही स्कूलको बाहिर उनका बाबुले समोसा बेच्थे । यो कुराको जानकारी नेहा स्वयमले दिएकी हुन् ।

उनले अहिले पनि यो कुरा सम्झदाँ आफ्नो आँखाबाट आँशु झर्ने बताइन् । नेहाले त्यसरी बाबाले स्कूलको बाहिर समोसा बेच्दा आफ्ना साथीहरुले निकै जिस्काउने गरेको समेत बताइन् । तर उनले आफूलाई कहिले पनि कमजोर बनाइनन् । जसले जे भने पनि उनको परिवार निरन्तर लागिरहे जसको फलस्वरुप आज नेहाले यतिधेरै सफलता पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्