को होला त पूजालाई माया गर्ने साथी ?



२३ जेठ २०७६, काठमाडौँ

नायिका पूजा शर्मा पछिल्लो समयकी निकै व्यस्त र चर्चित नायिका हुन् । उनी एकपछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । यस्तै अहिले पूजाको डिमाण्ड पनि निकै हाई छ । यतिबेला भने पूजा पोई पर्यो काले को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा उनको जोडी सौगात मल्ल र आकाश श्रेष्ठसँग बाधिएको छ ।

यस्तै पूजाले केहीदिन अगाडी सामाजिक सञ्जालमा लेखेको एक स्टाटसले अहिले चर्चा पाइरहेको छ । उनले साथी भनेको त्यस्तो हुन्छ जसले तपाईलाई बुझ्छ र माया गर्छ भनेर लेखेकी छिन् । पूजाले यसो भनिरहँदा पूजाको मिल्ने साथी को हुन् त भन्ने प्रश्न उठेको छ ।

पूजा यो क्षेत्रमा निकै कम कलाकारसँग मात्र घनिष्ठ सम्बन्धमा छिन् । उनले एकसाथ काम गरेका प्राय कलाकारसँग उनको सम्बन्ध राम्रो छैन । पछिल्लो समयमा भने उनी अभिनेता आकाश श्रेष्ठसँग निकै नजिक छिन् । के आकाश नै हुन् त पूजाका नजिकका साथी ?

प्रतिक्रिया दिनुहोस्