‘छिमेकीले छक्का, हिजडा भन्दा मर्न हिडेकी थिए’ भन्दै तेस्रो लिङ्गी भूमिका श्रेष्ठ अन्तवार्तामै रोइन्



२३ जेठ २०७६, काठमाडौँ

हाम्रो समाजमा तेस्रोलिङ्गी वर्गका मानिसलाई त्यति राम्रो नजरले हेरिने गरिएको छैन । तेस्रो लिङ्गीका मानिससँग सबै बोल्न हिचकिचाउने गरेका छन् । यस्तै तेस्रो लिङ्गीको लागि लडिरहेकी छिन् भूमिका श्रेष्ठ ।

भूमिका श्रेष्ठ कुनै समयमा कैलाश श्रेष्ठको नामले परिचित थिइन् । उनलाई साथीभाईले छिछि भन्न थालेपछि उनले आफूलाई भूमिका बनाएकी हुन् । उनी अहिले तेस्रो लिङ्गीको हकहितका लागि लडिरहेकी छिन् । उनले आफ्नो जीवनको कथालाई समेटेर पुस्तक पनि लेखिसकेकी छिन् ।

भूमिका आफ्नो समुदायमा निकै असल व्यक्तिको रुपमा परिचित छिन् । उनको निकै दुखलाग्दो कहानी रहेको छ । सानैदेखि केटा भएपनि आफूलाई केटीको महशुस हुने भएकाले उनले आफ्नो व्यवहार नै त्यस्तै खालको हुने गरेको बताइन् । उनले स्कूल पढ्दादेखि नै आफूलाई साथीहरुले छक्का, हिजडा भन्दा निकै चित्त दुख्ने गरेको बताइन् ।

उनले समाजले आफूलाई गर्ने व्यवहार सहन नसकेर आफूले आत्महत्या गर्न खोजेको पनि बताइन् । तर अहिले उनी आफ्नो र आफ्नो समुदायको लागि लड्दैछिन् । उनले आफूलाई तेस्रो लिङ्गीका रुपमा नै चिनाइसकेकी छिन् । उनको मेहेनतले धेरै तेस्रो लिङ्गीलाई अगाडी बढ्न हौसला मिलेको छ । उनले सबैलाई तेस्रो लिङ्गीलाई पनि माया र सम्मान गरिदिन आग्रह पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्