लप्चीमा भेटियो दुर्लभ हिउँ चितुवा



गत वर्ष मंसिरको एउटा बिहानी पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. नारायणप्रसाद कोजुका लागि उत्साह र उपलब्धिपूर्ण सावित भयो । दोलखाको लप्ची उपत्यकामा हिउँ चितुवा (वैज्ञानिक नाम अन्सिया अन्सिया)को उपस्थिति आधिकारिकरूपमा पुष्टि भएपछि यो उपलब्धि हासिल भएको हो ।

गौरीशङ्कर संरक्षण क्षेत्रले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान शीर्षकअन्तर्गत डा. कोजुको नेतृत्वमा दोलखाको बिगु गाँउपालिका (तत्कालीन लामाबगर गाविस)मा पर्ने लप्ची उपत्यकामा भएका जीवजन्तुको जानकारी लिन क्यामेरा जडान गरेको थियो ।

सोही क्यामेराले गत मंसिर २ गते बिहान ८ बजे लप्ची उपत्यकाको ४३ सय मिटरको उचाइमा रहेको मोराङमा हिउँ चितुवाको तीनवटा तस्वीर रेकर्ड भएको अनुसन्धान प्रमुख उपप्राध्यापक डा. कोजुले बताए । यो तस्वीर रेकर्डले लप्ची उपत्यकामा हिउँ चितुवा रहेको कुरा आधिकारिकरूपमा पुष्टि गरेको डा. कोजु दाबी गर्छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा चिरञ्जीवी मास्केले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्