‘नेपाल आइडल’ विजेता रवि ओडको नयाँ गीत रिलिज (भिडियो)



२२ जेठ २०७६, काठमाडौँ

रवि ओड नेपाल आइडल सिजन २ का विजेता हुन् । उनी नेपाल आइडल बाट नै चर्चामा आएका हुन् । नेपाल आइडल बाट रविले नसोचेको सफलता हासिल गरे । अहिले उनी देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त छन् भने बजारमा उनको डिमाण्ड पनि निकै छ ।

यस्तै रविको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ । देवल भण्डारीको शब्द र दिपक शर्माको संगीत रहेको दिलको फ्रेममा बोलको गीतमा रवि ओड र पुष्पा पौडेलको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा आँचल शर्मा र पुष्पल खड्का फिचर्ड छन् । उक्त गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्